Wednesday, October 23, 2019

पारिजात परिसंवाद कार्यक्रमको पहिलो शृंखला सम्पन्न

ओझेलमा प्रगतिशील साहित्य


सौर्य अनलाइन२०७६ कार्तिक ४ गते  प्रकाशित













































काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका नेता तथा कार्यकर्ताले आजकल प्रगतिशील गीत तथा साहित्य सुन्न र अध्ययन छाडेको प्रगतिशील स्रष्टाले दुखेसो गरेका छन् ।
पारिजात स्मृति भवन नयाँबजारस्थित म्हेपीमा आयोजना गरिएको परिसंवाद कार्यक्रममा जनवादी गायकद्वय रामेश र रायनले वर्तमान कम्युनिस्ट आन्दोलनका बारेमा चिन्ता व्यक्त गरे । उनीहरूले कम्युनिस्टले कम्युनिस्ट आचरण बिर्सदै जाँदा प्रगतिशील संस्कृति ओझेलमा पर्दै गएको जिकिर गरे ।
यी स्रष्टाले नेपालको जनवादी सांस्कृतिक आन्दोलनका बारेमा चर्चा गर्दै यसका बारेमा चर्चा गरेका हुन् । सो अवसरमा उनीहरूले ‘राल्फा’ आन्दोलन सुरुआत गर्ने साहित्यकार पारिजातसँग सहकार्य गर्ने क्रममा आफूहरूले भोगेका संघर्षका विविध पाटालाई केलाए ।
जनवादी गायकद्वय रामेश र रायनले पारिजात नेपाली जनवादी साहित्य तथा संगीतलाई राल्फामार्फत नेपाली जन र मनसम्म पु¥याउने प्रमुख व्यक्ति भएको बताए ।
प्रत्येक महिना राजधानी र देशका विभिन्न स्थानमा साहित्यकार पारिजात र नेपाली साहित्यमा हुने संगति तथा असंगतिको चर्चा तथा परिचर्चा गरिने स्रष्टा तथा प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेलले जनाए ।
www.souryaonline.com बाट साभार 
--------------------------------------------------------

























जय कार्कीको फेसबुकबाट

No comments:

Post a Comment