Sunday, September 10, 2017

भारतको बनारसमा 'नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान' विषयक गोष्ठी सम्पन्न ।

नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा यही २०७३ साल फाल्गुन ३ गते भारतको बनारसमा  'नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान' विषयक गोष्ठी र  सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय समितिका अध्यक्ष नगेन्द्रराज शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बनारस हिन्दु विश्ववबिध्यालयका नेपाली विभागका प्राध्यापक दिवाकर प्रधान हुनुहुन्थ्यो । वरिष्ठ समालोचक डि.आर.पोखरेलले प्रस्तुत गर्नुभएको   'नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान' विषयक कार्यपत्रमाथि वरिष्ठ समालोचक  निनु चापागाईंले टिप्पणि गर्नुभएको थियो । सोही कार्यक्रममा नेपाली साहित्यिक पत्रकारितामा लामो योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यिक पत्रकार द्वय उदयका सम्पादक दुर्गा प्रसाद श्रेष्ठ र रचनाका सम्पादक रोचक घिमिरेलाई सम्मान गरिएको थियो । जनही १०/ १० हजार भारु नगद रासी सहितको सम्मान पत्र र दोसल्लासहित  नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय समितिका अध्यक्ष नगेन्द्रराज शर्मा र कार्यक्रमका प्रमुख अतिथि दिवाकर प्रधानले वरिष्ठ साहित्यिक पत्रकारहरु दुर्गा प्रसाद श्रेष्ठ र रोचक घिमिरेलाई सम्मान गर्नुभयो ।कार्यक्रममा सम्मानित प्रतिभाहरु दुर्गा प्रसाद श्रेष्ठ र रोचक घिमिरेले सम्मानित भएकोमा खुसी प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुका बारेमा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेलले संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । सङ्घका  महासचिव मोहन दुवालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरूलाई सङ्घका उपाध्यक्ष लक्ष्मी उप्रेतीले धन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो ।

कार्यपत्रमाथि सङ्घका सल्लाहकार नरेन्द्र बहादुर श्रेष्ठ , सङ्घका उपाध्यक्ष वियोगी बुढाथोकी, सङ्घका केन्द्रीय सदस्य आर.एम.डंगोल, सङ्घका केन्द्रीय सदस्य गणेश राई लगायतले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरु  दधिराज सुबेदी,  गङ्गा सुवेदी, चेतनाथ धमला , लक्ष्मी भट्टराई, संजय वान्तवा आदीले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा  प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीको  शुभकामना मन्तव्य पनि वाचन गरेर सुनाइएको थियो ।   कार्यक्रमको संचालन  नेपाल साहित्यिक पत्रकार सङ्घका  सचिव यादव भट्टराईले गर्नु भएको थियो ।

सो कार्यक्रमका लागि नेपालबाट सङ्घका केन्द्रीय  अध्यक्ष नगेन्द्रराज शर्मा, निवर्तमान अध्यक्ष रोचक घिमिरे , साहित्यकारहरु निनु चापागाईं, डि.आर.पोखरेल, दधिराज सुवेदी ,नरेन्द्र बहादुर श्रेष्ठ, दिङ्लाली कान्छो  लगायत सङ्घका अन्य पदाधिकारीहरु मातृका पोखरेल , वियोगी बुढाथोकी, राम प्रसाद पन्त , लक्ष्मी उप्रेती , नवराज पुडासैनी ज्योत्स्ना ,  मोहन दुवाल, आर.एम. डंगोल , चेतनाथ धमला , ठाकुर शर्मा , गणेश राई , होमशंकर बाँस्तोला ,  यादव भट्टराई , रामेश्वर राउत मातृदास ,  गङ्गा सुवेदी, लक्ष्मी भट्टराई,  माधव पोखरेल ' गोज्यान्ग्रे' , गङ्गा सुवेदी,  सूर्य लाकोजु , गायत्री चापागाईं, अर्जुन तामाङ् , भारती श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रम सफल बनाउनका लागि  बनारस हिन्दु विश्वबिद्यालयबाट विद्यावारिधिको लागि  सोधकार्यमा संलग्न बिद्यार्थी एवं साहित्यकार नारायण निरौला र   सिर्जना शर्माको   अत्यन्त महत्वपूर्ण भूमिका रहेको थियो ।


=================================


बनारसमा साहित्यकारद्वय घिमिरे र श्रेष्ठलाई सम्मान
गणेश राई, बनारस




फाल्गुन ६, २०७३- नेपाली साहित्यको उन्नयन केन्द्र बनारसमा साहित्यकारद्वय रोचक घिमिरे र दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले भारतको वाराणसीमा आयोजना गरेको विशेष समारोहमा सम्मान प्रदान गरेको हो । काशी हिन्दू विश्वविद्यालय (बीएचयु)का प्राध्यापक दिवाकर प्रधान र संघका अध्यक्ष नगेन्द्रराज शर्माले नगद दश–दश हजार भारतीय रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरेका हुन् ।
सम्मानित साहित्यकार रोचक घिमिरे वि.सं.१९९८ सालमा रामेछापको मन्थलीमा जन्मिएका हुन् । उनले वि.सं. २०१८ सालदेखि राजधानी काठमाडौंबाट ‘रचना’ द्वैमासिक साहित्यिक पत्रिका सम्पादक तथा प्रकाशन गर्दैआएका छन् । उनको ‘सम्झनामा फक्रिएका थुँगाहरू’ निबन्ध संग्रहलगायत विभिन्न सम्पादित पुस्तक प्रकाशित छन् ।
सम्मानित दुर्गाप्रसाद श्रेष्ठ वि.सं.१९९३ सालदेखि हालसम्म बनारसबाट प्रकाशनमा रहेको ‘उदय’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् । सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार श्रेष्ठ सानै उमेरमा आफ्ना बाबु काशीबहादुर श्रेष्ठका साथ बनारसको चौखम्बा पुगेर स्थायी बसोबास गर्दैआएका छन् । काशीबहादुरले प्रकाशन थालेको ‘उदय’ साहित्यिक पत्रिका पिताको निधनपछि दुर्गाप्रसादले प्रकाशन निरन्तरता दिदैआएका छन् । उक्त पत्रिका हालसम्म १ सय ६३ अंक प्रकाशित छ ।
साहित्यकार दुर्गाप्रसादका नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष स्ट्रीट’, ‘बागमती साँक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश–देशान्तर’ यात्रा संस्मरण कृति प्रकाशित छन् । त्यसैगरी हिन्दी भाषामा ‘सत्तारे मौसी’ कथासंग्रह, मराठी भाषामा ‘आठव मेघ’ कथासंग्रह प्रकाशित छन् । संघका उपाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलले सम्मानित व्यक्तित्वद्वयको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा साहित्यकार डीआर पोखरेलले ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि समालोचक निनु चापागाई, प्राध्यापक दधिराज सुवेदी, प्राध्यापक डा. गोपाल भण्डारी, बिएचयुका प्राध्यापक डा. सञ्जय राई र डा. गोपालप्रसाद अधिकारीलगायतले टिप्पणी तथा विचार व्यक्त गरेका थिए । वाराणसीस्थित विद्यार्धम प्रचारिणी नेपाली समितिका मन्त्री विजयकुमार श्रेष्ठ, संघकी उपाध्यक्ष लक्ष्मी उप्रेती, महासचिव मोहन दुवाल, उपमहासचिव चेतनाथ धमला, सचिव यादव भट्टराई, सदस्यद्वय गंगा सुबेदी र लक्ष्मी भट्टराईले साहित्यका विविध पक्षबारे विचार व्यक्त गरेका थिए ।
संघका अध्यक्ष शर्मा नेतृत्वमा बनारस साहित्यिक यात्रा टोलीमा साहित्यकार तथा पत्रकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, वियोगी बुढाथोकी, नवराज पुडासैनी ‘ज्योत्सना’, रामप्रसाद पन्त, आरएम डंगोल, अर्जुनबहादुर तामाङ, होमशंकर बास्तोला, ठाकुर शर्मा, राधिका गुरागाई, यज्ञ सुबेदी, गणेश राई, गायत्रीकुमार चापागाई, माधव पोखरेल ‘गोज्याङ्रे’, दिङलाली कान्छा, रामेश्वर राउत ‘मातृदास’, सूर्य लाकाजु, भारती श्रेष्ठलगायत सहभागी थिए । साथै, बिएचयुबाट नेपाली विषयमा विद्यावारिधि शोधार्थी सिर्जना शर्मा र नारायण निरौलालगायत विद्यार्थी सहभागी थिए ।

http://kantipur.ekantipur.com बाट साभार

==================================


                                           नेपाली दैनिक 'हिमालय दर्पण' (सन् २०१७ फेब्रुवरी १७)  

=======================================


भारतको बनारसमा ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक गोष्ठी सम्पन्न 





नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा यही २०७३ साल फाल्गुन ३ गते भारतको बनारसमा ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक गोष्ठी र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय समितिका अध्यक्ष नगेन्द्रराज शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बनारस हिन्दु विश्ववबिध्यालयका नेपाली विभागका प्राध्यापक दिवाकर प्रधान हुनुहुन्थ्यो । वरिष्ठ समालोचक डि.आर.पोखरेलले प्रस्तुत गर्नुभएको ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक कार्यपत्रमाथि वरिष्ठ समालोचक निनु चापागाईंले टिप्पणि गर्नुभएको थियो । सोही कार्यक्रममा नेपाली साहित्यिक पत्रकारितामा लामो योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यिक पत्रकार द्वय उदयका सम्पादक दुर्गा प्रसाद श्रेष्ठ र रचनाका सम्पादक रोचक घिमिरेलाई सम्मान गरिएको थियो । जनही १०/ १० हजार भारु नगद रासी सहितको सम्मान पत्र र दोसल्लासहित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय समितिका अध्यक्ष नगेन्द्रराज शर्मा र कार्यक्रमका प्रमुख अतिथि दिवाकर प्रधानले वरिष्ठ साहित्यिक पत्रकारहरु दुर्गा प्रसाद श्रेष्ठ र रोचक घिमिरेलाई सम्मान गर्नुभयो ।कार्यक्रममा सम्मानित प्रतिभाहरु दुर्गा प्रसाद श्रेष्ठ र रोचक घिमिरेले सम्मानित भएकोमा खुसी प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुका बारेमा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेलले संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । सङ्घका महासचिव मोहन दुवालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरूलाई सङ्घका उपाध्यक्ष लक्ष्मी उप्रेतीले धन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो ।

कार्यपत्रमाथि सङ्घका सल्लाहकार नरेन्द्र बहादुर श्रेष्ठ , सङ्घका उपाध्यक्ष वियोगी बुढाथोकी, सङ्घका केन्द्रीय सदस्य आर.एम.डंगोल, सङ्घका केन्द्रीय सदस्य गणेश राई लगायतले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरु दधिराज सुबेदी, गङ्गा सुवेदी, चेतनाथ धमला , लक्ष्मी भट्टराई, संजय वान्तवा आदीले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल साहित्यिक पत्रकार सङ्घका सचिव यादव भट्टराईले गर्नु भएको थियो ।

सो कार्यक्रमका लागि नेपालबाट सङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्रराज शर्मा, निवर्तमान अध्यक्ष रोचक घिमिरे , साहित्यकारहरु निनु चापागाईं, डि.आर.पोखरेल, दधिराज सुवेदी ,नरेन्द्र बहादुर श्रेष्ठ लगायत सङ्घका अन्य पदाधिकारीहरु मातृका पोखरेल , वियोगी बुढाथोकी, राम प्रसाद पन्त , लक्ष्मी उप्रेती , नवराज पुडासैनी ज्योत्स्ना , मोहन दुवाल, आर.एम. डंगोल , चेतनाथ धमला , ठाकुर शर्मा , गणेश राई , होमशंकर बाँस्तोला , यादव भट्टराई , रामेश्वर राउत मातृदास , गङ्गा सुवेदी, लक्ष्मी भट्टराई, माधव पोखरेल ‘ गोज्यान्ग्रे’ , गङ्गा सुवेदी, सूर्य लाकोजु , गायत्री चापागाईं, अर्जुन तामाङ् , भारती श्रेष्ठ लगायतको उपस्थिति थियो ।

/www.ratonews.com बाट साभार

========================================

थप समाचारहरु :-

रित्तिदै बनारसका ‘नेपाली धर्मशाला’ - गणेश राई, बनारस 
















































































































































































































































































































































































































































































































































































































No comments:

Post a Comment