Friday, April 5, 2019

प्रगतिशील लेखक संघमा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन

२३ चैत, काठमाडाैँ । प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज सम्पन्न भएको छ । प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ । दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला प्रधानाङ्ग, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा र बाबुराम आचार्य र कोषाध्यक्ष डा ध्रुव घिमिरे निर्वाचित हुनुभएको छ ।


विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन् । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट साहित्यिक घटकका स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको हो ।


सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको उपमहासचिव न्यौपानेले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष मातृका पोखरेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा महासचिव आरएम डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । रासस





www.dainiki.com बाट साभार 

------------------------------------------------------------
















































































































































































































































































----------------------------------------------------------------




=====================================================

मातृका पोखरेलको फेसबुक वालबाट ।
आर. सॆ. नेउपानेको फेसबुक वालबाट ।
जनमेलको फेसबुक वालबाट ।
ओम प्रकाश घिमिरेको फेसबुक वालबाट ।
मातृका पोखरेलको फेसबुक वालबाट ।
मातृका पोखरेलको फेसबुक वालबाट । 
हरिकृष्ण कडायतको फेसबुक वालबाट । 
सरल सहयात्रीको फेसबुक वालबाट ।
कविता राइको फेसबुक वालबाट ।
नेत्र प्रसाद पन्थीको फेसबुक वालबाट ।
राम प्रकाश पुरीको फेसबुक वालबाट ।
जीवेन्द्र देव गिरीको फेसबुक वालबाट ।
देवी क्षेत्री दुलालको फेसबुक वालबाट ।
बलभद्र भारतीको फेसबुक वालबाट ।
सुभद्रा भट्टराईको फेसबुक वालबाट ।
प्रकाश सिलवालको फेसबुक वालबाट ।
बम बानियाँको फेसबुक वालबाट ।
पुस्कर रिजालको फेसबुक वालबाट ।
आनन्द श्रेष्ठको फेसबुक वालबाट ।
बोधकुमार घिमिरेको फेसबुक वालबाट ।
मधु क्षेत्रीको फेसबुक वालबाट ।
तारा बहादुर बुढाथोकीको फेसबुक वालबाट ।
सूर्य बिसीको फेसबुक वालबाट ।
जगत प्रसाद उपाध्यायको फेसबुक वालबाट ।
युवराज दाहालको फेसबुक वालबाट ।
समिर सिंहको फेसबुक वालबाट ।
प्रथाको फेसबुक वालबाट ।
इन्द्रराज लामाको फेसबुक वालबाट ।
कृष्णहरि भट्टको फेसबुक वालबाट ।
बलराम तिमिल्सिनाको फेसबुक वालबाट ।
मिश्र बैजयन्तिको फेसबुक वालबाट ।


No comments:

Post a Comment